Thursday, 8 June 2023

फूलविरुवा र जलबायु

 Plants and Climate

                        डा. सिर्जना भण्डारी

#प्राकृतिक_जीवन #स्वस्थ_जीवन


वोटविरुवा राम्ररी हुर्कनमा जलवायुको महत्वपुर्ण भुमिका रहेको हुन्छ। जलवायु विविधताका कारण एकै समयमा कहीँ अति ठण्डा हुन्छ भने कहीँ तातो तापक्रम हुन्छ। वोटविरुवाका किसिमहरु धेरै छन्। केहि वोटविरुवा चिसो तापक्रम रुचाउँछन् भने केहि न्यानो तथा तातो तापक्रम रुचाउँछन्।

पृथ्वीको वायुमण्डलमा पाईने तातो चिसो तापक्रम जलबायु हो। तापक्रमका आधारमा जलवायुलाई पाँच भागमा बिभाजन गरिएको छ।


. उष्ण-: अत्यधिक गर्मी हुने तापक्रम
. उपोष्ण-: सामान्य गर्मी हुने तापक्रम
. शितोष्ण-: मध्यम तापक्रम
. समशितोष्ण-: सामान्य चिसो तापक्रम
. शित-: चिसो तथा अत्यधिक चिसो तापक्रम

जलबायु नेपाल 

क्षेत्रफलका आधारमा नेपाल सानो देश भए पनि यहाँको जलबायुमा अधिक बिबिधता पाइन्छ। नेपालको उत्तर दक्षिण चौडाई छोटो उचाईमा ब्यापक असमानता भएका कारण जलवायु बिबिधता भएको हो। जलवायु बिबिधता कै कारण नेपाल जैबिक बिबिधतामा विश्व भरि नै प्रसिद्ध छ। समग्र भुमण्डलिय परिप्रेक्ष्यमा नेपाललाई समशितोष्ण जलवायु अन्तर्गत राखिएको भए पनि यहाँ तराई हिमालका विच अत्यधिक गर्मी देखि अत्यधिक चिसो सम्मको तापक्रम पाइन्छ।

धरातलिय आधारमा नेपाललाई तीन भागमा बिभाजन गरिएको छ।

हिमाली प्रदेश         
पहाडी प्रदेश        
तराई प्रदेश


हिमाली प्रदेश
हिमाली प्रदेशले नेपालको कुल भुभागको १५ प्रतिसत ओगटेको छ। विश्वकै अग्लो चुचुरो सगरमाथा (उचाई- ८८४८ मीटर) अवस्थित रहेको यो क्षेत्र शित जलवायु अन्तर्गत पर्दछ। यो क्षेत्र वर्षभरि धेरैजसो समय हिउँले ढाकेको हुन्छ। हिउँका कारण अत्यधिक चिसो हुने हुनाले यहाँ केहि चिसो सहन सक्ने खालका वनस्पतिहरु मात्र हुर्कन सक्छन्।

पहाडी प्रदेश
पहाडी प्रदेशले नेपालको कुल भुभागको ६८ प्रतिसत ओगटेको छ। निकै फराकिलो क्षेत्रफल ओगटेको यो क्षेत्र शितोष्ण समशितोष्ण जलवायु अन्तर्गत पर्दछ। हिउँदमा ठण्डा ग्रीष्ममा मध्यम तापक्रम रहने हुनाले यस क्षेत्रमा धेरै किसिमका प्राणी तथा वनस्पतिहरु पाइन्छन्। नेपालमा पाइने अधिकांश जैविक बिबिधता यही क्षेत्रमा पाइन्छ। यस किसिमको जलवायुमा हिउँदमा बढि ठण्डा हुने भएकोले केहि चिसो सहन सक्ने बाहेक अन्य वोटविरुवा त्यति राम्ररी हुर्काउन सकिदैन।

तराई प्रदेश
तराई प्रदेशले नेपालको कुल भुभागको १७ प्रतिसत ओगटेको छ। समुद्र सतहबाट नजिक रहेको यस क्षेत्र उष्ण तथा उपोष्ण जलवायु अन्तर्गत पर्दछ। यस क्षेत्रमा गी्रष्ममा अत्यधिक गर्मी हुन्छ भने हिउँदमा मध्यम तथा हल्का ठण्डा खालको तापक्रम रहन्छ। यस किसिमको जलवायुमा वर्षैभरि प्राय सबै खालका वोटविरुवाहरु हुर्काउन सकिन्छ।

मध्यम जलबायु
मध्यम जलबायु त्यस्तो अवस्थालाई भनिन्छ जसमा १२ महिना भित्र चार ऋतु पर्दछन लगभग तिनको समयअबधि बराबर हुन्छ। मध्यम हिउँद हुने क्षेत्रहरुलाई औषत क्षेत्र भनिन्छ। नेपालको सन्दर्भमा मधेस, भित्री मधेस, मधेससंग सिमाना जोडिएका पहाडी क्षेत्रहरु आदि औषत क्षेत्र अन्तर्गत पर्दछन। यस्ता क्षेत्रहरुमा ऋतु अनुसारका वोटविरुवाहरु वर्षैभरि फुलाउन तथा फलाउन सकिन्छ।

No comments:

Post a Comment

फूलबारी.कम

  विषयक्रम बालबालिकाहरुलाई प्रकृति सिकाउँ र प्राकृतिक बनाउँ फूल/पुष्प सजावट फूलविरुवा र जलबायु फूलविरुवा हुर्काउन आवश्यक औजार तथा सामग्रीहरु...