Thursday, 8 June 2023

फूल/पुष्प सजावट

Flower Decoration

                                         डा. सिर्जना भण्डारी

#प्राकृतिक_जीवन #स्वस्थ_जीवन



'फूल-सजावट कला हो।'


चाड-बाड होस वा अन्य खुशीयाली घरभित्र फुलदानीमा फुल सजाउनु आज हरेकको शोखको विषय भएको छ।

केही समय अघिसम्म पूजाआजा तथा भगवानको आराधनाका लागि मात्र प्रयोग गरिने फूलको प्रयोग आजभोलि अन्य बिभिन्न क्षेत्र तथा शिर्षक उदेश्यहरुमा ब्यापक रुपमा गर्न थालिएको छ। नेपाल लगायत विश्वका अनकौँ देशहरुमा आजभोलि फूल सजावटले ब्यवसायिक रुप लिइसकेको छ। खुशीयालीमा खुशी ब्यक्त गर्न, शोकमा दु:, सान्त्वना तथा श्रद्धान्जली अर्पण गर्न जस्ता काममा फूलको प्रयोग अपरिहार्य भइसकेको छ। यति मात्र नभइ फुलको रङ्ग तथा किसिमको प्रयोगबाट अरु प्रति आफ्नो ईच्छा तथा चाहना व्यक्त गर्न पनि विभिन्न रङ्ग किसिमका फूलहरुको प्रयोग गरिन्छ।

मानिस एक प्राकृतिक प्राणी भएकाले प्रकृति प्रति मोह र झुकाउ हुनु स्वाभाविक हो। भनिन्छ मानिसको मन, आत्मा र फूल बिच अन्योन्याश्रीत सम्बन्ध रहेको हुन्छ, त्यसैले त मानिस विरामी हुँदा चाँडै निकोहोस भनेर, शोक पर्दा मनमा शान्ति छाओस भनेर र खुशी को क्षणमा अझ रौनक थप्नका लागि बिभिन्न किसिमका फूलहरु लिएर भेट्न गइन्छ तथा पठाईन्छ। हुनत फूल आफैँमा कुनै औषधि वा दुःख निवारण गर्ने बस्तु नभएता पनि मानिस को मन र आत्मासँग यसको अन्योन्याश्रीत सम्वन्ध भएकै कारण मानिसमा यसस सुखमय अनुभुतिको तरङ्ग पैदा गर्दछ यो कुरा कुनै भनाईमात्र नभएर विभिन्न खोज र परिक्षणहरुले पनि प्रमाणित गरिसकेका छन्।

फूल-सजावट एक कला हो जसलाई आ-आफ्नो ईच्छा अनुसार जसरि चाह्यो त्यसैगरी प्रस्तुत गर्न सकिन्छ र यस्तै हुनु पर्छ वा यसरि नै गरिनु पर्छ भन्ने कुनै नियम छैन । मानिस-मानिस विचका रोजाई र चाहनाहरु अलग-अलग हुने हुँदा जसलाई जसरि मन पर्छ त्यसरि नै गर्दा फूल सजावट अझ आकर्षक र सजिलो हुन्छ। फूल सजावटलाई हामि दुई किसिमले हेर्न सक्छौँ -

. घरेलु फूल-सजावट
. व्यवसायिक फूल-सजावट

घरेलु फूल-सजावट नितान्त आफ्नै ईच्छा अनुसार गर्न सकिन्छ। तर व्यवसायिक सजावटमा भने केही नियम र तौर तरिकाहरु छन् तर ति सवैको पालना गर्नु नै पर्छ भन्ने छैन बरु ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर नै व्यवसायमा सफलता हासिल गर्न सकिन्छ। सजावट गर्ने तरिकाका आधारमा फूल सजावटलाई निम्न किसिमले विभाजन गरिएको छ।

एक पक्षय फूल-सजावट


एक पक्षय फूल-सजावटएक पक्षिय फूल सजावटमा फूल तथा पातहरुलाई फूलदानी तथा बास्केटको अगाडि पट्टिबाट मात्र देखिने गरी सजाईन्छ पछाडि पट्टि केवल केही पातहरु राखिन्छ। यस्तो सजावट भित्ता चेपेर पछाडि पट्टिको भाग नदेखिने ठाउँमा राखिन्छ। यो सजावट गर्न सजिलो हुनुका साथै यसमा फूल तथा पातहरुको खपत पनि कम हुन्छ। ठुलो-सानो तथा अग्लो-होचो सबैखाले फूलदानि तथा बास्केटमा यो किसिमको सजावट गर्न सकिन्छ। तयार भईसक्दा सजावटको आकार आईसक्रीमको कोन जस्तो माथि पट्टि साँघुरो तल पट्टि फुकेको देखिन्छ।


पूर्ण आकारको फूल-सजावट


पुर्ण आकारको फूल-सजावटमा एक पक्षियमा जस्तो एकापट्टिबाट मात्र फूल नसजाई फूलदानी, गमला तथा बास्केटको वरिपरिबाट फूल सजाईन्छ जो चारैतिर बाट हेर्दा उस्तै देखिन्छ। यो आकारमा फूल सजाउदा फूलको छनौट तथा प्रयोगको किसिममा बिशेस ध्यानदिनु पर्दछ एक पक्षिय सजावटमा भन्दा झण्डै दोब्बर फूल तथा पातहरु को आवश्यकता पर्दछ साथै ठुलो-सानो तथा अग्लो-होचो सवैखाले फूलदानि तथा बास्केटमा यो सजावट पनि गर्न सकिन्छ। सबै जसो ठाउँ उदेश्यका लागि यो सजावटको प्रयोग गर्ने गरिन्छ। यो सजावट पनि तयार भइसक्दा लगभग आईसक्रीमको कोन जस्तै देखिन्छ।



तेर्सो आकारको फूल-सजावट


तेर्सो आकारका साथै यस खालको फूल-सजावट लाई केन्द्रबिन्दु सजावट पनि भन्ने गरिन्छ। यस किसिमको फूल-सजावटमा सजावटको आकारलाई दायाँ बायाँ अलि लामो पारि बिचमा चाहिँ सजावटको केन्द्र बिन्दु पारि सजाईन्छ। यस्तो सजावटमा विशेष सिपको आवस्यकता पर्दछ साथै दायाँ-बायाँ लामो पार्न अलि लामो डाँठ हुने जातका फूल तथा पातहरुको आवश्यकता पर्दछ। यो खालको सजावट प्राय लामा तथा तेर्सो टेबलहरु जस्तै मिटिङ्ग टेबल, भाषण टेबल, डाईनिङ्ग टेबल आदिमा गर्ने गरिन्छ। यो किसिमको फूल-सजावटमा प्राय होचा फराकिला शिशाका फूलदानि तथा चोयाका बास्केटहरुको प्रयोग गरिन्छ। अफिसियल कार्यक्रमहरुमा सबभन्दा बढी प्रयोग गरिने सजावट पनि यहि हो।

ठाडो आकारको फूल-सजावट


ठाडो आकारको फूल सजावटमा गहिरा अग्ला फूलदानी, गमला तथा बास्केटहरुमा अग्ला तथा लामा डाँठ भएका फुल तथा पातहरुको प्रयोग गरिन्छ यि सजावट हेर्दा पनि अग्ला देखिन्छन्। ठाडो सजावट दुई किसिमले गरिन्छ-


बन्द सजावट खुल्ला सजावट


फूलदानीभित्र पुरै फूल तथा पात छिराएर गरिने फूल-सजावटलाई बन्द सजावट भनिन्छ। यस्तो सजावटमा हल्का रङ्गका बिभिन्न डिजाईन उचाईका शिशाका फूलदानीहरुको प्रयोग गरिन्छ। तर खुल्ला सजावटमा भने फूल तथा पातहरुका केही भाग फूलदानी/गमला भित्र पारि बाँकि भाग देखाएर सजावट गरिन्छ यसमा शिशा तथा चोया दुवैथरिका फूलदानी/गमलाहरुको प्रयोग गर्न सकिन्छ। यस्तो सजावट प्राय कुनामा, राउन्ड टेबलको बिचमा थोरै तर ठाडो खालको खालि ठाउँ सजाउनका लागि प्रयोग गरिन्छ।


गोलो आकारको फूल-सजावट


गोलो आकार को सजावटमा सजाईएको फूल तथा पातहरु हेर्दा गोलो आकारका देखिन्छन्। यसमा प्रयोग गरिने सबै फूल तथा पातहरुको अग्लाई बराबर हुन्छ साथै फूल तथा पातहरु पनि एकै किसिम, रङ्ग तथा आकार-प्रकारका उस्तै उस्तै देखिने खालका प्रयोग गरिन्छन् यस किसिमको फूल-सजावटमा ठुला-साना, अग्ला-होचा-चेप्टा सबै खालका फूलदानि तथा बास्केटको प्रयोग गर्न सकिन्छ। गोलो आकारको सजावटलाई जुनसुकै स्थानमा राख्न सकिनुका साथै बिभिन्न रङ्ग तथा आकारका विशेष उत्सबमा प्रयोग गरिने बेलुनहरुसँग सजाउन बढी प्रयोगमा ल्याईन्छ।

अन्य खालका फूल-सजावट
यस अन्तर्गत ग्राहकहरुका रोजाई अनुसार फूल सजावट गर्ने व्यक्तिको रुचि अनुसारका फूल-सजावटहरु पर्दछन। यस्ता खालका सजावट जुन सुकै आकर-प्रकार उचाईका पनि हुनसक्छन् जसमा कुनै तैार तरिकाको प्रयोग गरिएको हुदैन।

No comments:

Post a Comment

फूलबारी.कम

  विषयक्रम बालबालिकाहरुलाई प्रकृति सिकाउँ र प्राकृतिक बनाउँ फूल/पुष्प सजावट फूलविरुवा र जलबायु फूलविरुवा हुर्काउन आवश्यक औजार तथा सामग्रीहरु...