Gardening Tools
डा. सिर्जना भण्डारी
#प्राकृतिक_जीवन #स्वस्थ_जीवन
फुलबारी तथा बगैचामा काम गर्न उपयोग गरिने औजार तथा सामग्रीहरुले काम चाँडो र सजिलो सँग पुरा गर्न सघाउँछन्। फुलबगैचामा काम गर्न कति र कस्ता किसिमका औजार तथा सामग्रीहरुकोआवश्यकता पर्छ भन्ने कुरा बगैचाको विषेशता, हुर्काइने बोटबिरुवाको मात्रा, तिनका विशेषता, बाताबरण तथा जलवायुको अवस्था, माटोको किसिम, आफु खट्न सक्ने समय, खर्चको बजेट लगायतका कुराहरुमा भर पर्दछ। बिभिन्न अबस्था र आवश्यकता अनुसार औजार तथा सामग्रीहरुको आवश्यकता पर्ने भए पनि केही आधारभुत तथा नभइ नहुने सामग्रीहरु छन् जसको अभाबमा काम गर्न कठिन तथा असम्भब हुन्छ। प्रयोगका आधारमा फुलबगैचाको काममा प्रयोग गरिने औजार तथा सामग्रीहरुलाई दुई किसिममा बिभाजन गरिएको छ-
प्रयोगका आधारमा फुलबगैचाको काममा प्रयोग गरिने औजार तथा सामग्रीहरुलाई दुई किसिममा बिभाजन गरिएको छ-
१) आधारभुत औजार तथा सामग्री
२) बैकल्पीक औजार तथा सामग्री
बगैचामा काम गर्न प्रयोग गरिने सामग्रीहरुमा कोदालो, कोदाली(पहाडे कोदालो), बेल्चा आदि खन्न प्रयोग गरिने आधारभुत तथा अति आबश्यक औजार हुन्। तर बगैचाको अबस्था हेरी जमीन खन्नुपुर्ब अन्य सामग्रीहरुको आबश्यकता पर्न पनि सक्छ। यदी बगैचामा पहिले लगाइएका तथा सिजन सकिएका बोटबिरुवाहरु छन् भने तिनलाई काट्नु तथा ओखल्नु पर्ने हुन्छ र यो अबस्थामा काट्ने (हँसिया, खुकुरी) तथा जरा ओखल्ने (खन्ती, पीकर) आदि औजारहरुको आबश्यकता पर्दछ। त्यस्तै बगैचामा झारको प्रकोप बढी छ भने तिनका जरासमेत निकाल्ने किसिमको औजारको(वीडर)आबश्यकता पर्दछ। बोटबिरुवाका यि काटीएका अंश र बगैचामा भएका ढुंगा, ईंटा, काठ तथा अन्य फोहरहरु पन्साउन, ओसार्न तथा फ्याक्नका लागि डम्फर (सानो गाडा)को आबश्यकता पर्दछ। त्यस्तै जमीन सुख्खा भएको कारण पुराना बोटबिरुवा तथा झार ओखल्न र खन्न कठीन भएको अबस्थामा पानी पटाउने बाल्टीन, हजारी, पाइप जस्ता सामग्रीहरुको आबश्यकता पर्दछ। जमीन खनेपछि उक्त स्थानको माटोको किसिम अनुसार ठुला तथा साना डल्ला र झार तथा बोटबिरुवाका जरा निस्कन्छन्। त्यस्ता डल्ला फुटाई माटोको तयारी गर्न डल्ला फुटाउने औजार (डल्लेठो)को आबश्यकता पर्दछ भने खन्दा निस्कीएका जरा तथा अन्य फोहरहरु हटाउन फोहर केलाउने औजार (दाँते)को आबश्यकता पर्दछ। यि सबै किसिमले माटोको तयारी गरीसके पछि बीउ छर्न, बोटबिरुवा रोप्न तथा सार्नका लागि माटो अझ मसीनु पार्नु, ड्यांग बनाउनु, खोबिल्डा पार्नु आदि परेमा आबश्यकता अनुसार साना हाते औजारहरु जस्तै खुर्पी, कुटो, सिडर, आदिको प्रयोग गर्नु पर्दछ।
सामान्यतया फुलबगैचामा काम गर्न उपयोग गरीने बैकल्पीक औजारहरुको आबश्यकता बोटबिरुवा लगाउनु अघि भन्दा बोटबिरुवा लगाइसके पछि तिनका हेरबिचारका लागि बढि पर्दछ। जस्तै पानी पटाउने, मल प्रयोग गर्ने, काटछाँट गर्ने, हुरीबतास-घामपानी-बर्षा आदिबाट संरक्षण प्रदान गर्ने, औषधी छर्ने, झार गोड्ने, माटो खुकुल्याउने आदि कामहरु। काम र उदेश्य अनुसार कतिपय अबस्थामा बैकल्पीक सामग्रीहरु पनि प्राथमिक बन्न पुग्छन्। बोटबिरुवाको नर्सरी लगाउने, तरकारी खेतीगर्ने, पुष्प खेती गर्ने ब्याबसाईहरुका लागि प्राय सबै सामग्रीहरु आधारभुत तथा अति आबश्यक हुन्छन् जो सामान्य फुलबगैचा तथा करेसाबारीमा काम गर्नेहरुका लागि उति आबश्यक नहुनसक्छ।
No comments:
Post a Comment