Plants and Seasons
                                          डा. सिर्जना भण्डारी
#प्राकृतिक_जीवन #स्वस्थ_जीवन
बसन्त ऋतुलाई ऋतुहरुको राजा मान्ने गरिन्छ। बसन्तको रमणिय वातवरण कसलाई मन नपर्ला। हिउँद ऋतुको चिसो कम हुँदै जाँदा बसन्त ऋतुको उदय हुन्छ, दिन लामा र न्यानो हुदै जान्छन्। चराचुरुङ्गी चिरविर-चिरविर कराएर, हिउँदभरि उजाड र नाङ्गा रहेका रुख विरुवाले पालुवा फेरेर र फूलफूल्ने विरुवाहरु ढकमक्क फूलेर बसन्तको आगमनको संकेत गर्दछन्। हिउँद र ग्रीष्म ऋतु को बिचमा पर्ने बसन्त ऋतुको मौसम न त बढी तातो न त बढी चिसो ठिक्क खालको हुने हुनाले धेरै जसो बोटविरुवाहरु यस ऋतुमा सक्रिय भई हुर्कन्छन्, फुल्छन् र
फल्छन्।
विषेश गरी धेरै जसो एकवर्षीय वोट विरुवाहरु बसन्त ऋतु र शरद ऋतुको तापक्रम रुचाउँछन् । मध्यम हिउँद ऋतु हुने क्षेत्रहरुमा सरद ऋतुको शुरु देखि नै केही समवेदनशील (चिसो सहन नसक्ने) बोटविरुवा बाहेक सबै खालका (सहनशील र
कम सहनशील) बोटविरुवाहरु बसन्त ऋतु को अन्त्यसम्मनै हुर्काउन सकिने भए पनि हिउँद ऋतु चिसो हूने (तुषारो र
हिउँ पर्ने) क्षेत्रहरुमा बसन्त ऋतु लागे पछि मात्र एक वर्षीय बोटवीरुवा लगाउन सकिन्छ। ठण्डा बसन्त ऋतु हुने केही क्षेत्रहरु बाहेक औषत तापक्रम हुने क्षेत्रहरुमा सहनशील, कम सहनशील र
समवेदनशील सबै खालका बोटविरुवाहरु हुर्काउन सकिन्छ भने ठण्डा बसन्त ऋतु हुने क्षेत्रहरुमा शूरुका दिनहरुमा सहनशील र हल्का चिसो रुचाउने कम सहनशील एकवर्षीय बोटविरुवाहरु लगाउनु पर्दछ। पछि तापक्रम तात्दै गए पछि सम्वेदेनशील बोटविरुवाहरु लगाउनु पर्दछ। सहनशील एकवर्षीय बोटविरुहरु, कम सहनशील र
समवेदनशील भन्दा सिमित भए पनि सबै क्षेत्रहरुको तापक्रम एकैनासे नहुनेहुनाले सम्वन्धित क्षेत्रको जलवायु र बोटविरुवाहरुको प्रकृति बिच तालमेल गरी थुप्रै सम्वेदनशील बोटविरुवाहरुको चयन गर्न सकिन्छ।
बसन्तऋतुका लागि केही बोटविरुवाहरु
सहनशील एकवर्षीय बोटविरुहरु
पेन्जि (Pansy),
क्वेकिङ्ग ग्रास (Quaking Grass),
ट्री मालो (Tree Mallow),
गोदावरि (Christanmum),
लार्कसपुर(Larkspur),
असर्फि (Calendula),
अफ्रीकन डेजी(African Daisy),
क्लार्कीया(Clarkia),
कर्नफ्लावर(Corn Flower),
बेबिज ब्रीथ(Baby's Breath),
स्विट एल्ज्युम (Sweet Alyssum),
फ्लोक्स(Phlox),
पप्पी(Poppy),
लभ ईन मिस्ट(Love in Mist),
स्विट पि(Sweet Pea),
अर्नामेण्टल क्यबेज(Ornamental Cabbage)
आदि चिसो सहने खालका एकवर्षीय बोटविरुवा हुन।
पेन्जि (Pansy),
क्वेकिङ्ग ग्रास (Quaking Grass),
ट्री मालो (Tree Mallow),
गोदावरि (Christanmum),
लार्कसपुर(Larkspur),
असर्फि (Calendula),
अफ्रीकन डेजी(African Daisy),
क्लार्कीया(Clarkia),
कर्नफ्लावर(Corn Flower),
बेबिज ब्रीथ(Baby's Breath),
स्विट एल्ज्युम (Sweet Alyssum),
फ्लोक्स(Phlox),
पप्पी(Poppy),
लभ ईन मिस्ट(Love in Mist),
स्विट पि(Sweet Pea),
अर्नामेण्टल क्यबेज(Ornamental Cabbage)
आदि चिसो सहने खालका एकवर्षीय बोटविरुवा हुन।
कम सहनशील एकवर्षीय बोटविरुहरु
स्विट विलियम(sweet William),
चाईना पिङ्क(China Pink),
मर्निङ्ग ग्लोरि(Morning Glory),
अष्टर(Aster),
कोसमोस(Cosmos)
सनफ्लावर(Sun Flower),
फ्लावरिंग टोबाको(Flowering Tobaco),
जिरेनियम(Geranium),
पिटुनिया(Pitunia),
पेन्टेड टङ्ग(PaintedTounge),
कार्नेसन(Carnetion),
फे्रसिया(Freshia),
डेलिया(Dahlia),
स्न्याप ड्रागन(Snapdragon),
वाक्स बेगोनिया(Wax Begonia),
डेजि(Daisy),
सेन्चुरिबेल(Canterbury Bell)
स्विट विलियम(sweet William),
चाईना पिङ्क(China Pink),
मर्निङ्ग ग्लोरि(Morning Glory),
अष्टर(Aster),
कोसमोस(Cosmos)
सनफ्लावर(Sun Flower),
फ्लावरिंग टोबाको(Flowering Tobaco),
जिरेनियम(Geranium),
पिटुनिया(Pitunia),
पेन्टेड टङ्ग(PaintedTounge),
कार्नेसन(Carnetion),
फे्रसिया(Freshia),
डेलिया(Dahlia),
स्न्याप ड्रागन(Snapdragon),
वाक्स बेगोनिया(Wax Begonia),
डेजि(Daisy),
सेन्चुरिबेल(Canterbury Bell)
र अन्य थुपै्र फूल तथा विरुवाहरु कम सहनशील एकवर्षीय विरुवाका बर्गमा पर्दछन्।
समवेदनशील एकवर्षीय बोटविरुवाहरु
कक्सकम्ब(Cockcomb),
जालपा(Jalapa),
पोर्टूलाका(Portulaca),
कोलेउस(Coleus),
भिन्का(Vinka),
भरबेना(Verbana),
ईम्पासियन (Impatien),
बालसाम(Balsam),
साईप्रस भाईन(Cypress Vine),
स्ट्र फ्लावर(Straw Flower),
सालभिया(Salvia),
जिनिया(Zinnia)
आदि समवेदनशील एकवर्षीय बोटविरुवाहरु हुन जो चिसो सहन सक्दैनन् तर तातो सहन्छन्। यी बोटविरुवाहरुलाई बसन्तऋतुका दिन न्याना भए देखि ग्रीष्मऋतुको शुरु तथा अन्त्यसम्म सफलता पुर्वक हुर्काउन सकिन्छ। bsirjana@gmail.com
कक्सकम्ब(Cockcomb),
जालपा(Jalapa),
पोर्टूलाका(Portulaca),
कोलेउस(Coleus),
भिन्का(Vinka),
भरबेना(Verbana),
ईम्पासियन (Impatien),
बालसाम(Balsam),
साईप्रस भाईन(Cypress Vine),
स्ट्र फ्लावर(Straw Flower),
सालभिया(Salvia),
जिनिया(Zinnia)
आदि समवेदनशील एकवर्षीय बोटविरुवाहरु हुन जो चिसो सहन सक्दैनन् तर तातो सहन्छन्। यी बोटविरुवाहरुलाई बसन्तऋतुका दिन न्याना भए देखि ग्रीष्मऋतुको शुरु तथा अन्त्यसम्म सफलता पुर्वक हुर्काउन सकिन्छ। bsirjana@gmail.com
No comments:
Post a Comment