Plants and Fertilizer
डा. सिर्जना भण्डारी
#प्राकृतिक_जीवन #स्वस्थ_जीवन
मल बोटबिरुवाहरुको खाना हो, जसमा बोटबिरुवाहरुलाई हुर्कन आबश्यक पर्ने पौष्टिक तत्वहरु रहेका हुन्छन्। बोटबिरुवाहरुबाट राम्रो उत्पादन लिनका लागि मलको प्रयोग गर्ने गरिन्छ। मलको प्रयोग बिभिन्न किसिमले गरिन्छ। सामान्यतया बोटबिरुवाका जरा नजिक माटो माथि हालिन्छ र मल सँगसगै पानी हालिन्छ। मल पानीमा घुलेर तरल भए पछि बोटबिरुवाहरुका जराहरुले सोसेर लिन्छन् र माथिका अंगहरुमा पठाउँछन्। यिनै पौष्टिक तत्वहरुको सेवनबाट बोटबिरुवाहरु हुर्कन्छन्। आजभोली बजारमा सोझै बोटबिरुवाका पातमा छर्किने बिभिन्न किसिमका तरल मल पनि किन्न पाइन्छन्।
मलका किसिम
बोटबिरुवा हुर्काउन प्रयोग गरिने मललाई दुई किसिममा बिभाजन गरिएको छ:- 
- जैविक मल
- रासायनिक मल
जैविक मल
(Organic Fertilizer) 
प्रकृतिमा उपलब्ध हुने सम्पुर्ण सड्ने तथा कुहीने किसिमका तत्वहरुलाई जैबिक तत्व भनिन्छ। जैबिक तत्वहरुको समिश्रणबाट बनेको तथा बनाइएको मललाई जैबिक मल(प्रांगारीक मल) भनिन्छ।
रासायनिक मल (Chemical
Fertilizer) 
बोटबिरुवा हुर्कन आबश्यक पर्ने बिभिन्न किसिमका पौष्टिक तत्व तथा खनिज तत्वहरुको निश्चित मात्रा मिलाएर कि्रतृम तरिकाबाट तयार गरिएको मललाई रासायनिक मल तथा बिकासे मल भनिन्छ।
रासायनिक र जैविक मल दुबै प्रयोग गर्न उत्तिकै सजिला र उपयोगी छन्। तर यसका बाबजुद यीनका बिच थुप्रै बिभिन्नता रहेको पाइन्छ। माटोको स्वास्थ्य र बोटबिरुवा तथा तिनका फलमा हुने पौष्टिक तत्वका दृष्टिकोणले जैबिक मल उपयुक्त मानिन्छ। रासायनिक मलको तुलनामा जैबिक मल ढिलो लाग्ने भए पनि लामो समयसम्म माटो मलिलो पारिराख्नुका साथै माटोमा रहेका अन्य कच्चा जैबिक तत्वहरु सडाउन समेत मद्धत गरी माटो अझ मलिलो र स्वस्थ्य बनाइराख्छ। यसका साथै रासायनिक मल तयार गर्न भन्दा जैबिक मल तयार गर्न बढि समय र मेहनेत लाग्ने हुनाले अलि महंगो पर्दछ। 
जैबिक मलको तुलनामा रासायनिक मल चाँडो लाग्छ र बोटबिरुवा हलक्क बढ्छन्। तर रासायनिक मल प्रयोग गरी हुर्काइएका बोटबिरुवामा फलेका तरकारी तथा फलफुलहरु उति स्वादिला र पोशिला हुदैनन्। यसका साथै लामो समय सम्म रासायनिक मलको प्रयोग गरिएका बगैचा तथा खेतबारीको माटो बिस्तारै रुखो र कम गुणस्तरको बन्दै जान्छ। जैबिक मल सबै दृष्टिकोणबाट लाभकारी र उपयोगी भएपनि तुलनात्मक रुपमा रासायनिक मल सस्तो, सफा तथा नगन्हाउने, थन्क्याउन सजिलो, प्रयोग गर्न सजिलो, बजारमा सजिलै उपलब्ध हुने आदिका कारण रासायनिक मलकै प्रचलन बढि हुने गरेको पाइन्छ। प्राय शहरी क्षेत्रमा जैबिक मल सजिलै उपलब्ध नहुने र उपलब्ध भए पनि बढी मुल्य पर्ने भएको कारण राकायनिक मलका बेफाइदाहरु जान्दा जान्दै पनि यसकै प्रयोग अत्यधिक गर्ने गरेको पाइन्छ।
No comments:
Post a Comment