Friday, 25 April 2025

फूलबारी.कम

 


विषयक्रम

लेख व्यवस्थापन र अपलोड गरिदैछ !

***************************************************

बालबालिकाहरुलाई प्रकृति सिकाउँ र प्राकृतिक बनाउँ

                                   डा. सिर्जना भण्डारी


#प्राकृतिक_जीवन #स्वस्थ_जीवन


विषय प्रवेश

प्राकृतिक जीवनशैली सबैभन्दा स्वस्थकर हुन्छ किनकी हरेक मानिस, प्राणी, वनस्पति, पदार्थहरुको शरीर प्रकृतिका पंचतत्वः (१)पृक्ष्वी–माटो, (२)जल–पानी, (३)अग्नि–घाम, (४)वायु–हावा, र (५)आकाश–खालिस्थानको समिश्रणबाट निर्मित भएको हुन्छ । जिवित प्राणी मानिसको शरीरमा यी पाँच तत्वहरुको मात्रामा थोरै पनि असन्तुलन आयो भने यसको प्रत्यक्ष नकारात्मक प्रभाव मानिसको शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक स्वाथ्यमा पर्दछ । मानिसको शरीरमा जस्तै जिवतन्तु तथा वनस्पतिहरुको शरीरमा यी पाँच तत्वहरुको मात्रामा थोरै पनि असन्तुलन आयो भने यसको प्रत्यक्ष नकारात्मक प्रभाव जिवतन्तु तथा वनस्पतिहरुको स्वास्थ्यमा पर्दछ । तसर्थ हामी मानिस, जिवजन्तु तथा वनस्पतिहरु अर्थात हाम्रो प्रकृति पूर्णरुपमा स्वस्थ रहनका लागि हरेक मानिस पाकृतिक बन्नु पर्दछ र आफू सबैभन्दा सक्रिय र चेतनशील प्राणी भएको नाताले बोल्न नसक्ने जिवजन्तुहरु र चल्न तथा बोल्न नसक्ने वनस्पति तथा पदार्गहरुको स्वास्थ्यको राम्रो हेरविचार गरेर सबैको शरीरका प्राकृतिक तत्वहरुलाई संधै सन्तुलनमा राख्नु अत्यावश्यक हुन्छ किनकी प्रकृति स्वस्थ भए मात्र मानिस स्वस्थ, सुखी, खुशी, शान्त र आनन्दित रहन सक्छ ।


बालबालिका र प्रकृति

वनस्पति तथा बोटबिरुवाहरु जस्तै हामी मानिसहरु पनि प्राकृतिक प्राणी हुन त्यसैले हामी प्रकृतिप्रति आकर्षित हुन्छौं । आकर्षक बोटबिरुवा तथम पूmलबिरुवाहरू प्रकृतिका अति सुन्दर सिर्जना हुन् जसले मानिस लगायत सम्पूर्ण प्राणीहरूलाई आकर्षित गर्दछन् । वनस्पति तथा बोटबिरुवाहरु बिना यो दृश्य संसार अधुरो तथा अपूरो हुन्छ । बालबालिकाहरू पनि एक किसिमले प्रकृतिका सुन्दर पूmलहरू हुन् जो परिवार रूपी पूmलबारीमा पूmलिरहेका हुन्छन् । धेरै बालबालिकाहरू निकै सानो उमेरदेखि नै प्राकृतिक रूपमै प्रकृतिमा रमाउने गर्दछन् भने केही अलि ठूला भएपछि प्रकृतिबारे केही बुझेपछि यसप्रति आकषर््िात हुन्छन् । पूmलबगैंचामा धेरैजसो बालबालिकाहरू विभिन्न आकारमा पूmल्ने पूmल; फूलको रंग, ढाँचा तथा संरचना; पूmलहरूमा आउने किराहरू जस्तैः पुतली, मौरी, भमरा, चरा, आदिप्रति ज्यादातर आकषर््िात हुन्छन् र तिनलाई खुब नियाल्ने, जान्ने प्रयास गर्ने र तिनको पछि–पछि कुद्ने गर्दछन् । यसरी प्रकृतिसंग खेल्दा उनीहरूको अवोध मस्तिष्कमा विभिन्न तरङ्गहरू उत्पन्न हुन्छन् परिणामस्वरुप उनीहरुमा अन्त्यहिन प्रश्नहरूको बाढी आउन थाल्छ र सोध्न थाल्छन्, जस्तैः यो किन, यो के हो, यो कसरी... आदि । बालबालिकाहरूका यस्ता जिज्ञासाहरुको हरप्रकारले स्वागत गर्नु पर्दछ किनकी उनीहरूलाई प्रकृतिप्रति आकर्षण जगाउने, प्रकृतिबारे सिकाउने, प्रकृतिसंग नजिक लाने तथा प्राकृतिक बनाउने यो सुवर्ण अवसर हो । उनीहरूका हरेक जिज्ञासाहरूको जवाफ यसरी दिनुहोस् कि उनीहरू आफैं वनस्पति तथा बोटबिरुवाहरु हुर्काउन उत्सुक तथा जागरुक होउन् । उदाहरणका लागि यदि बालबालिकाले पुतली किन पूmलमा बस्छ भनेर सोधे भने, ‘फुलको रस चुस्न बस्छ’ भनेर एक वाक्यमा जवाफ नटुङग्याउनुहोस् । यो जिज्ञासालाई धेरै लम्ब्याउन सकिन्छ, उनीहरुलाई प्रकृतिबारे धेरै कुराहरु बुझाउन तथा सिकाउन सकिन्छ, प्राकृतिक बनाउन सकिन्छ र विस्तारै उनीहरुको स्वास्थ्य तथा समग्र जीवनमै नकारात्मक प्रभाव पारिरहेको अपाकृतिक जीवनशैली जस्तैः मोवाइल ज्यादा चलाउने, ज्यादा गेम खेल्ने, ज्यादा टी.भी. हेर्ने, अप्राकृतिक खानपान, अप्राकृतिक गतिवितिधहरु तथा खराव बानीहरुबाट छुटाएर सामान्य मानिस बनाउन सकिन्छ ।


बालबालिकाका प्रकृतिसंग सम्वन्धित जिज्ञासाहरूलाई यसरी लम्ब्याएर उनीहरुलाई प्रकृतिबारे धेरै कुराहरु बुझाउन, सिकाउन तथा जानकारी प्रदान गर्न सकिन्छ ।


प्रश्नः पुतली किन फूललमा बस्छ ?

उत्तरः उत्सुकताकासाथ जवाफ यसरी दिनुहोस् ताकि बालबालिकाको चाख अझ बढ्दै जाओस प्रकृतिप्रति—

@किनकी तिमीलाई पुतली मनपरे जस्तै पुतलीलाई पनि फूल मन पर्छ ।

@किनकी पुतली फूलको मिठो खानेकुरा आफ्नोलागि लिन आएको हो ।

@किनकी पुतली र फूल तिम्रो ममी—बाबा जस्तै मिल्ने साथी हुन् ।

@किनकी पुतलीले फूललाई अर्को सानो उ जस्तै बच्चा बोटबिरुवा बनाउन सक्ने शक्ति दिन्छ ।

@किनकी फूलबिना पुतली बाँच्न सक्दैन र पुतलीबिना फूलले नयाँ बच्चा बोटबिरुवाहरू बन्न सक्दैनन् ।

@तिमीले हुर्काएको बोटबिरुवामा अझ धेरै फूलहरु फूल्नेछन्, ती फूलमा झन् धेरै पुतलीहरु आउँनेछन् र ती फूलले अझ धेरै नयाँ बोटबिरुवाहरु बनायन गर्न सक्छ किनकी तिमी पनि पुतली र पूmल जस्तै सुन्दर र आकर्षक छौ ।


साथै यस बीचमा उनीहरुका अन्य जिज्ञासकहरुको जवाफ पनि दिदै गर्नुहोस्, नयाँ–नयाँ कुराहरुको जानकारी दिने प्रयास गर्नुहोस् । यसरी विस्तृतमा जवाफ दिएर उनीहरूलाई प्रकृतिप्रति आकर्षित गर्नु पर्दछ ताकि उनीहरू आफ्ना छुट्टै बोटबिरुवा तथा छुट्टै बगैंचा लगाउन इच्छुक होउन् । उनीहरूका लागि बेग्लै सानो पूmलबारी तथा बगैंचा बनाइदिँदा उनीहरूमा प्रकृतिप्रति अझ बढि अभिरुची बढाउन सकिन्छ । अरूको अगाडि उनीहरूको कामको प्रसंसा गर्नुहोस्, स्याबासी दिनुहोस्, उनीहरूले हुर्काएका र फलाएका बोटबिरुवा तथा फूल–फलहरू अरुलाई पनि देखाउनुहोस् । यसो गर्दा उनीहरूमा बोटबिरुवा हुर्काउने हौसला र उत्साह अझ बढ्दै जान्छ र उनीहरु प्रकृतिसंग नजिक हुदै जान्छन् । बोटबिरुवाहरूका उम्रिएदेखि, फूल्ने–फल्नेसम्मका सबै प्रक्रियाहरू बिरुवा बढ्दै जाँदा सम्झाउँदै जानुहोस् । यसो गर्दा उनीहरूलाई बुझ्न सजिलो हुनुको साथै प्रकृतिप्रति प्रत्यक्ष्य रूपमा ब्यावहारीक ज्ञान बढ्दै जान्छ, तव मात्र बच्चाले बुझ्ने छन कि खाना, तरकारी, फलफूल त बजारबाट होइन प्रकृतिबाट आउने रहेछन् लामो समय लगाएर सबै हुर्कने, फूल्ने, फल्ने प्रकृया पुर्याएर । यस्तो ज्ञानले बालबालिकाहरुको मन मस्तिष्कमा खानाप्रतिको सम्मान र महत्व पनि बढ्दै जान्छ; बोतबिरुवाहरु तथा प्रकृतिको हेरविचार गर्नु पर्छ; खाना संरक्षण गर्नु पर्छ; खाना फाल्नु हुदैन तथा खानाको अपमान गर्नु हुदैन भन्ने ज्ञान बढ्दै जान्छ र उनीहरु परिवार, समाज, राज्य, प्रकृति मैत्री सामान्य नागरीक मन्दछन् । तसर्थ, बालबालिकाका लागि छुट्याएर दिन मिल्ने गरी पर्याप्त बारी छैन भने पनि उनीहरूका लागि अलग्ग गमलाको व्यवस्था गरेर बोटबिरुवा हुर्काउने कला आपूm संगसंगै सिकाउनुहोस् । 


तर विडम्वना, प्राय अभिभावकहरुले आफ्ना बालबालिकाहरु पूmलबारीमा गए भनेपनि “तिमी बारीमा नजाउ; तिमीलाई मतलबको कुरा होइन यो; तिमी सानो छौं अहिले यो का मगर्ने बेला भएको छैन; तिमी जान्दैनौ; तिमीले सब बिगार्छौ; बारीमा आउदै नआउ...” जस्ता निरुत्साहीत व्यवहारहरु गरेर बालबालिकाहरुलाई प्रकतिको व्यवहारीक ज्ञान लिने अवसरबाट बन्चित गर्ने गरेको पाइन्छ । यसो गर्नु गल्ती मात्र नभएर उनीहरूको बालमनोभावनाको हत्या गर्नु हो, बालअधिकारको हनन गर्नु हो र प्रकृतिको अपहेलना गर्नु हो । कृपया यसो नगर्नुहोस आफू सभ्य नागरीक बन्नुहोस् र आफना बालबालिाहरुलाई पनि सभ्य नागरीक बन्न मद्धत गर्नुहोस् किनकी बालबादिका काँचो माटो हुन् यनीहरुलाई हामीले जस्तो शिक्षा तथा ज्ञान प्रदान गर्दछौं उनीहरु त्यस्तै बन्छछन् । bsirjana@gmail.com


Thursday, 8 June 2023

फूल/पुष्प सजावट

Flower Decoration

                                         डा. सिर्जना भण्डारी

#प्राकृतिक_जीवन #स्वस्थ_जीवन



'फूल-सजावट कला हो।'


चाड-बाड होस वा अन्य खुशीयाली घरभित्र फुलदानीमा फुल सजाउनु आज हरेकको शोखको विषय भएको छ।

केही समय अघिसम्म पूजाआजा तथा भगवानको आराधनाका लागि मात्र प्रयोग गरिने फूलको प्रयोग आजभोलि अन्य बिभिन्न क्षेत्र तथा शिर्षक उदेश्यहरुमा ब्यापक रुपमा गर्न थालिएको छ। नेपाल लगायत विश्वका अनकौँ देशहरुमा आजभोलि फूल सजावटले ब्यवसायिक रुप लिइसकेको छ। खुशीयालीमा खुशी ब्यक्त गर्न, शोकमा दु:, सान्त्वना तथा श्रद्धान्जली अर्पण गर्न जस्ता काममा फूलको प्रयोग अपरिहार्य भइसकेको छ। यति मात्र नभइ फुलको रङ्ग तथा किसिमको प्रयोगबाट अरु प्रति आफ्नो ईच्छा तथा चाहना व्यक्त गर्न पनि विभिन्न रङ्ग किसिमका फूलहरुको प्रयोग गरिन्छ।

मानिस एक प्राकृतिक प्राणी भएकाले प्रकृति प्रति मोह र झुकाउ हुनु स्वाभाविक हो। भनिन्छ मानिसको मन, आत्मा र फूल बिच अन्योन्याश्रीत सम्बन्ध रहेको हुन्छ, त्यसैले त मानिस विरामी हुँदा चाँडै निकोहोस भनेर, शोक पर्दा मनमा शान्ति छाओस भनेर र खुशी को क्षणमा अझ रौनक थप्नका लागि बिभिन्न किसिमका फूलहरु लिएर भेट्न गइन्छ तथा पठाईन्छ। हुनत फूल आफैँमा कुनै औषधि वा दुःख निवारण गर्ने बस्तु नभएता पनि मानिस को मन र आत्मासँग यसको अन्योन्याश्रीत सम्वन्ध भएकै कारण मानिसमा यसस सुखमय अनुभुतिको तरङ्ग पैदा गर्दछ यो कुरा कुनै भनाईमात्र नभएर विभिन्न खोज र परिक्षणहरुले पनि प्रमाणित गरिसकेका छन्।

फूल-सजावट एक कला हो जसलाई आ-आफ्नो ईच्छा अनुसार जसरि चाह्यो त्यसैगरी प्रस्तुत गर्न सकिन्छ र यस्तै हुनु पर्छ वा यसरि नै गरिनु पर्छ भन्ने कुनै नियम छैन । मानिस-मानिस विचका रोजाई र चाहनाहरु अलग-अलग हुने हुँदा जसलाई जसरि मन पर्छ त्यसरि नै गर्दा फूल सजावट अझ आकर्षक र सजिलो हुन्छ। फूल सजावटलाई हामि दुई किसिमले हेर्न सक्छौँ -

. घरेलु फूल-सजावट
. व्यवसायिक फूल-सजावट

घरेलु फूल-सजावट नितान्त आफ्नै ईच्छा अनुसार गर्न सकिन्छ। तर व्यवसायिक सजावटमा भने केही नियम र तौर तरिकाहरु छन् तर ति सवैको पालना गर्नु नै पर्छ भन्ने छैन बरु ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर नै व्यवसायमा सफलता हासिल गर्न सकिन्छ। सजावट गर्ने तरिकाका आधारमा फूल सजावटलाई निम्न किसिमले विभाजन गरिएको छ।

एक पक्षय फूल-सजावट


एक पक्षय फूल-सजावटएक पक्षिय फूल सजावटमा फूल तथा पातहरुलाई फूलदानी तथा बास्केटको अगाडि पट्टिबाट मात्र देखिने गरी सजाईन्छ पछाडि पट्टि केवल केही पातहरु राखिन्छ। यस्तो सजावट भित्ता चेपेर पछाडि पट्टिको भाग नदेखिने ठाउँमा राखिन्छ। यो सजावट गर्न सजिलो हुनुका साथै यसमा फूल तथा पातहरुको खपत पनि कम हुन्छ। ठुलो-सानो तथा अग्लो-होचो सबैखाले फूलदानि तथा बास्केटमा यो किसिमको सजावट गर्न सकिन्छ। तयार भईसक्दा सजावटको आकार आईसक्रीमको कोन जस्तो माथि पट्टि साँघुरो तल पट्टि फुकेको देखिन्छ।


पूर्ण आकारको फूल-सजावट


पुर्ण आकारको फूल-सजावटमा एक पक्षियमा जस्तो एकापट्टिबाट मात्र फूल नसजाई फूलदानी, गमला तथा बास्केटको वरिपरिबाट फूल सजाईन्छ जो चारैतिर बाट हेर्दा उस्तै देखिन्छ। यो आकारमा फूल सजाउदा फूलको छनौट तथा प्रयोगको किसिममा बिशेस ध्यानदिनु पर्दछ एक पक्षिय सजावटमा भन्दा झण्डै दोब्बर फूल तथा पातहरु को आवश्यकता पर्दछ साथै ठुलो-सानो तथा अग्लो-होचो सवैखाले फूलदानि तथा बास्केटमा यो सजावट पनि गर्न सकिन्छ। सबै जसो ठाउँ उदेश्यका लागि यो सजावटको प्रयोग गर्ने गरिन्छ। यो सजावट पनि तयार भइसक्दा लगभग आईसक्रीमको कोन जस्तै देखिन्छ।



तेर्सो आकारको फूल-सजावट


तेर्सो आकारका साथै यस खालको फूल-सजावट लाई केन्द्रबिन्दु सजावट पनि भन्ने गरिन्छ। यस किसिमको फूल-सजावटमा सजावटको आकारलाई दायाँ बायाँ अलि लामो पारि बिचमा चाहिँ सजावटको केन्द्र बिन्दु पारि सजाईन्छ। यस्तो सजावटमा विशेष सिपको आवस्यकता पर्दछ साथै दायाँ-बायाँ लामो पार्न अलि लामो डाँठ हुने जातका फूल तथा पातहरुको आवश्यकता पर्दछ। यो खालको सजावट प्राय लामा तथा तेर्सो टेबलहरु जस्तै मिटिङ्ग टेबल, भाषण टेबल, डाईनिङ्ग टेबल आदिमा गर्ने गरिन्छ। यो किसिमको फूल-सजावटमा प्राय होचा फराकिला शिशाका फूलदानि तथा चोयाका बास्केटहरुको प्रयोग गरिन्छ। अफिसियल कार्यक्रमहरुमा सबभन्दा बढी प्रयोग गरिने सजावट पनि यहि हो।

ठाडो आकारको फूल-सजावट


ठाडो आकारको फूल सजावटमा गहिरा अग्ला फूलदानी, गमला तथा बास्केटहरुमा अग्ला तथा लामा डाँठ भएका फुल तथा पातहरुको प्रयोग गरिन्छ यि सजावट हेर्दा पनि अग्ला देखिन्छन्। ठाडो सजावट दुई किसिमले गरिन्छ-


बन्द सजावट खुल्ला सजावट


फूलदानीभित्र पुरै फूल तथा पात छिराएर गरिने फूल-सजावटलाई बन्द सजावट भनिन्छ। यस्तो सजावटमा हल्का रङ्गका बिभिन्न डिजाईन उचाईका शिशाका फूलदानीहरुको प्रयोग गरिन्छ। तर खुल्ला सजावटमा भने फूल तथा पातहरुका केही भाग फूलदानी/गमला भित्र पारि बाँकि भाग देखाएर सजावट गरिन्छ यसमा शिशा तथा चोया दुवैथरिका फूलदानी/गमलाहरुको प्रयोग गर्न सकिन्छ। यस्तो सजावट प्राय कुनामा, राउन्ड टेबलको बिचमा थोरै तर ठाडो खालको खालि ठाउँ सजाउनका लागि प्रयोग गरिन्छ।


गोलो आकारको फूल-सजावट


गोलो आकार को सजावटमा सजाईएको फूल तथा पातहरु हेर्दा गोलो आकारका देखिन्छन्। यसमा प्रयोग गरिने सबै फूल तथा पातहरुको अग्लाई बराबर हुन्छ साथै फूल तथा पातहरु पनि एकै किसिम, रङ्ग तथा आकार-प्रकारका उस्तै उस्तै देखिने खालका प्रयोग गरिन्छन् यस किसिमको फूल-सजावटमा ठुला-साना, अग्ला-होचा-चेप्टा सबै खालका फूलदानि तथा बास्केटको प्रयोग गर्न सकिन्छ। गोलो आकारको सजावटलाई जुनसुकै स्थानमा राख्न सकिनुका साथै बिभिन्न रङ्ग तथा आकारका विशेष उत्सबमा प्रयोग गरिने बेलुनहरुसँग सजाउन बढी प्रयोगमा ल्याईन्छ।

अन्य खालका फूल-सजावट
यस अन्तर्गत ग्राहकहरुका रोजाई अनुसार फूल सजावट गर्ने व्यक्तिको रुचि अनुसारका फूल-सजावटहरु पर्दछन। यस्ता खालका सजावट जुन सुकै आकर-प्रकार उचाईका पनि हुनसक्छन् जसमा कुनै तैार तरिकाको प्रयोग गरिएको हुदैन।

फूलविरुवा र जलबायु

 Plants and Climate

                        डा. सिर्जना भण्डारी

#प्राकृतिक_जीवन #स्वस्थ_जीवन


वोटविरुवा राम्ररी हुर्कनमा जलवायुको महत्वपुर्ण भुमिका रहेको हुन्छ। जलवायु विविधताका कारण एकै समयमा कहीँ अति ठण्डा हुन्छ भने कहीँ तातो तापक्रम हुन्छ। वोटविरुवाका किसिमहरु धेरै छन्। केहि वोटविरुवा चिसो तापक्रम रुचाउँछन् भने केहि न्यानो तथा तातो तापक्रम रुचाउँछन्।

पृथ्वीको वायुमण्डलमा पाईने तातो चिसो तापक्रम जलबायु हो। तापक्रमका आधारमा जलवायुलाई पाँच भागमा बिभाजन गरिएको छ।


. उष्ण-: अत्यधिक गर्मी हुने तापक्रम
. उपोष्ण-: सामान्य गर्मी हुने तापक्रम
. शितोष्ण-: मध्यम तापक्रम
. समशितोष्ण-: सामान्य चिसो तापक्रम
. शित-: चिसो तथा अत्यधिक चिसो तापक्रम

जलबायु नेपाल 

क्षेत्रफलका आधारमा नेपाल सानो देश भए पनि यहाँको जलबायुमा अधिक बिबिधता पाइन्छ। नेपालको उत्तर दक्षिण चौडाई छोटो उचाईमा ब्यापक असमानता भएका कारण जलवायु बिबिधता भएको हो। जलवायु बिबिधता कै कारण नेपाल जैबिक बिबिधतामा विश्व भरि नै प्रसिद्ध छ। समग्र भुमण्डलिय परिप्रेक्ष्यमा नेपाललाई समशितोष्ण जलवायु अन्तर्गत राखिएको भए पनि यहाँ तराई हिमालका विच अत्यधिक गर्मी देखि अत्यधिक चिसो सम्मको तापक्रम पाइन्छ।

धरातलिय आधारमा नेपाललाई तीन भागमा बिभाजन गरिएको छ।

हिमाली प्रदेश         
पहाडी प्रदेश        
तराई प्रदेश


हिमाली प्रदेश
हिमाली प्रदेशले नेपालको कुल भुभागको १५ प्रतिसत ओगटेको छ। विश्वकै अग्लो चुचुरो सगरमाथा (उचाई- ८८४८ मीटर) अवस्थित रहेको यो क्षेत्र शित जलवायु अन्तर्गत पर्दछ। यो क्षेत्र वर्षभरि धेरैजसो समय हिउँले ढाकेको हुन्छ। हिउँका कारण अत्यधिक चिसो हुने हुनाले यहाँ केहि चिसो सहन सक्ने खालका वनस्पतिहरु मात्र हुर्कन सक्छन्।

पहाडी प्रदेश
पहाडी प्रदेशले नेपालको कुल भुभागको ६८ प्रतिसत ओगटेको छ। निकै फराकिलो क्षेत्रफल ओगटेको यो क्षेत्र शितोष्ण समशितोष्ण जलवायु अन्तर्गत पर्दछ। हिउँदमा ठण्डा ग्रीष्ममा मध्यम तापक्रम रहने हुनाले यस क्षेत्रमा धेरै किसिमका प्राणी तथा वनस्पतिहरु पाइन्छन्। नेपालमा पाइने अधिकांश जैविक बिबिधता यही क्षेत्रमा पाइन्छ। यस किसिमको जलवायुमा हिउँदमा बढि ठण्डा हुने भएकोले केहि चिसो सहन सक्ने बाहेक अन्य वोटविरुवा त्यति राम्ररी हुर्काउन सकिदैन।

तराई प्रदेश
तराई प्रदेशले नेपालको कुल भुभागको १७ प्रतिसत ओगटेको छ। समुद्र सतहबाट नजिक रहेको यस क्षेत्र उष्ण तथा उपोष्ण जलवायु अन्तर्गत पर्दछ। यस क्षेत्रमा गी्रष्ममा अत्यधिक गर्मी हुन्छ भने हिउँदमा मध्यम तथा हल्का ठण्डा खालको तापक्रम रहन्छ। यस किसिमको जलवायुमा वर्षैभरि प्राय सबै खालका वोटविरुवाहरु हुर्काउन सकिन्छ।

मध्यम जलबायु
मध्यम जलबायु त्यस्तो अवस्थालाई भनिन्छ जसमा १२ महिना भित्र चार ऋतु पर्दछन लगभग तिनको समयअबधि बराबर हुन्छ। मध्यम हिउँद हुने क्षेत्रहरुलाई औषत क्षेत्र भनिन्छ। नेपालको सन्दर्भमा मधेस, भित्री मधेस, मधेससंग सिमाना जोडिएका पहाडी क्षेत्रहरु आदि औषत क्षेत्र अन्तर्गत पर्दछन। यस्ता क्षेत्रहरुमा ऋतु अनुसारका वोटविरुवाहरु वर्षैभरि फुलाउन तथा फलाउन सकिन्छ।

फूलबारी.कम

  विषयक्रम बालबालिकाहरुलाई प्रकृति सिकाउँ र प्राकृतिक बनाउँ फूल/पुष्प सजावट फूलविरुवा र जलबायु फूलविरुवा हुर्काउन आवश्यक औजार तथा सामग्रीहरु...